सहीदनगरको बजेट : एमबीबीएस पढ्न पूर्ण छात्रवृति

जनकपुरधाम। धनुषाको सहीदनगर नगरपालिकाको १३ औं नगरसभा सम्पन्न भएको छ । सोमबार आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम र बजेट वक्तवय ल्याएर नगरसभा सम्पन्न गरेको हो ।
पालिकाले अगामी आर्थिक वर्षमा नगरभित्रको एक जना विद्यार्थीलाई एमबीबीएस अध्यापन गराउन पूर्ण छात्रवृति दिइने नीति लिएको छ ।
यसले पालिकामा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीमा रुची आउने र प्रोत्साहन हुने पालिकाको लक्ष्य छ । शिक्षा, स्वास्थय र कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको पालिकाले एक विद्यालय, एक पुस्तकालयको स्थापना गर्न बजेट छुट्याएको छ ।
गुणस्तरीय शिक्षा दिइनको लागि अत्तिरित्त कक्षाको व्यवस्था पनि गरिएको छ । पालिकाले पुर्वाधारतर्फ प्रत्येक वडालाई सडक सञ्जालसंग जोड्न प्राथमिकताका साथ चक्रपथ निर्माण गर्न बजेट विनियोजन गरेको छ ।
कृषितर्फ किसानको लागि साना सिचाई कार्यक्रम अन्तरगर्त स्यालो ट्यवेल, मोटर पम्प र पम्पसेट वितरण गरने नीति लिएको छ । विद्यालयमा निःशुल्क स्यानेटरी प्याड वितरण र बालश्रम मुक्त बनाउनको लागि कार्यक्रमहरु सञ्चालन गर्ने पालिकाको रणनीति छ ।
नगरसभामा उपप्रमुख सुनिता कुमारी सिंहसहित चार जना वडाध्यक्षले असहमती जनाउँदै सहभागि भएनन् । उनीहरु पालिकाको सदरमुकाम यदुकूहा चोकमा विरोध प्रर्दशनसमेत गरेका थिए ।
नगर प्रमुख दिनेशप्रसाद यादवले कार्यपालिकाबाट पास गरेर नीति तथा कार्यक्रम वडाध्यक्ष मनोज कुमार दासलाई हस्तान्तरण गरेका थिए । त्यसपछि वडाध्यक्ष दासले आय व्यय प्रस्तुत गर्दै अगामी आर्थिक वर्षको लागि ६२ करोड ७२ लाख ३५ हजार चार सय ०८ रुपैयाँ विनियोजन गरेको छ ।संघीय सरकारबाट ५२ करोड ७८ लाख २१ हजार दुई सय २८ रुपैयाँ, मधेश प्रदेश सरकारबाट दुई करोड १४ लाख १४ हजार एक सय ८० रुपैयाँ र आन्तरिक स्रोतबाट दुई करोड र चालु आर्थिक वर्ष ५ करोड ५० लाख गरी बजेट विनियोजन गरेको छ ।