कलकतियाबालीकी अंशा सदा मृत भेटिइन्

जनकपुरधाम । मधेशको चर्चित हास्यव्यङ्ग्यव कार्यक्रम कलकियाबालीकी अंशा सदा मृत भेटिएकी छिन् ।

६ महिना अघि कलकतियाबालीका मुख्य कलाकार अविनाश झासँग अन्तरजातीय विवाह गरेकी उनी सोमवार राति मृत भेटिएकी हुन् ।

प्रहरीका अनुसार सोमवार राति जनकपुरधाम उपमहानगरपालिकाको नोचापुरस्थित कलकतियाबालीको सेटका लागि बनाइएको घरमा अंशाले घाँटीमा पासो लगाएको अवस्थामा मृत भेटिएकी हुन्।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार घटनाबारे सोमवार राति नै जानकारी प्राप्त भएको थियो । घटनाबारे जानकारी पाएलगतै प्रहरी घटनास्थल पुगेको र मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया