कोरोनाको नयाँ स्वरुप ओमिक्रोन नेपालमा पनि २ जनामा पुष्टि

काठमाडौं । कोरोनाको नयाँ स्वरुप ओमिक्रोन नेपालमा पनि पुष्टि भएको छ ।

नेपालमा पहिलोपटक विदेशबाट आएको २ जना व्यक्तिमा कोरोना नयाँ स्वरुप ओमिक्रोन पष्टि भएको मन्त्रालयले पत्रकार सम्मेलन गरी बताएको छ ।

नेपाल आएका एक जना ६६ वर्षका र अर्का ७१ वर्षका नागरिकमा कोरोनाको ओमिक्रोन पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए । संक्रमित ती व्यक्ति चिकित्सकको निगरानीमा स्वास्थ्य लाभ गरिरहेको उनले बताए ।

संक्रमित ती व्यक्तिहरूमा कोरोना नभएको पिसिआर रिपोर्ट ल्याएको र पूर्ण मात्रा खोप पनि लगाएको देखिएको डा.अधिकारीले बताए । तर, सरकारले बाहिरबाट आएकाहरूलाई आशङ्काको आधारमा नेपालमै जिन सिक्वेन्सिङ गर्दा दुबै जनामा ओमिक्रोन पुष्टि भएको हो ।

प्रतिक्रिया
नागरिक मिरर