तराई मधेशमा कुहिरो र हुस्सु लाग्ने क्रम विस्तारै बढ्दै : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय तराई मधेशमा कुहिरो र हुस्सु लाग्ने क्रम बढ्न थालेको बताएको छ ।

महाशाखाका अनुसार हाल पहाडी भू–भागमा आंशिक बदली रही देशका थोरै भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाले जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार आज दिउँसो प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश नं. १ र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । साथै प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

आज राति प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मशाखाले देशभर चिसो बढ्ने क्रम जारी रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया
नागरिक मिरर