पूर्वराष्ट्रपति भण्डारीले गरिन् सरकारी सेवासुविधा फिर्ता

काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् ।
उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।
भण्डारीले गत १४ असारमा औपचारिक रुपमा नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेकी थिइन् ।
उनले आफ्नो पार्टी सदस्यता नवीकरण पनि भएको जानकारी गराएकी छिन् । भण्डारीले राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै नेकपा एमालेमा नयाँ नेतृत्वको बहस पनि सुरु भएको छ ।
प्रतिक्रिया