विवाहपञ्चमी महोत्सव : भगवान् रामसीताको स्वयम्बर बारहबिघा (रंगभूमी मैदान) मा सम्पन्न

जनकपुरधाम । विवाहपञ्चमी महोत्सव अन्तर्गत भगवान् रामसीताको स्वयम्बर जनकपुरको बारहबिघा (रंगभूमी मैदान) मा सम्पन्न भएको छ।

जानकी मन्दिरबाट निस्केको माता जानकी र राममन्दिरबाट निस्केको भगवान् रामको डोला लाखौं श्रद्धालुहरुको साथ रंगभूमी मैदानमा पुगी स्वयम्बर गरिएको हो।

रामसीताको डोलाबिच स्वयम्बर सम्पन्न भएपछि बुधबार राती जानकी मन्दिरको भव्य मण्डपमा मैथिल विधिविधान अनुसार वैवाहिक कार्यक्रम हुने छ। स्वयम्बरमा सहभागी भएका श्रद्धालुहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवर्षा गरिएको थियो।

तस्वीरहरु : बुधेश्वर रजक/नागरिक मिरर

प्रतिक्रिया
नागरिक मिरर