केन्यामा भएको झडपमा ११ जनाको मृत्यु, ५६७ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । केन्याको राजधानी नैरोबीमा सोमवार भएको हिंसक झडपमा ११ जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार सोमवार राजधानी केन्यामा भएको विरोध प्रदर्शनको क्रममा गोली लागेर ११ जनाको मृत्यु भएको छ भने ५६७ प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।
उक्त प्रदर्शन ७ जुलाई १९९० को ऐतिहासिक सबा–सबा (सात–सात) आन्दोलनको ३५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित गरिएको बेला भएको हो । सरकारले लोकतन्त्र र आर्थिक सुधारका लागि ठोस कदम उठाउनुपर्ने माग गर्दै प्रदर्शन सुरु भएको हो ।
प्रतिक्रिया






