आईवार्ट फिल्म प्रतिस्पर्धामा सरिताको लघु फिल्म ‘फगुनिया’ उत्कृष्ट

जनकपुरधाम । तेस्रो आइवार्ट फिल्म प्रतिस्पर्धा २०२१ मा महिला निर्देशक सरिता साहको लघु फिल्म फगुनिया प्रथम स्थान हासिल गरेको छ ।

काठमाडौंमा सम्पन्न टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाहरुको अन्तर्राष्ट्रिय समूह आइवार्ट नेपाल च्याप्टरमा निर्देशक साहको लघु फिल्म उत्कृष्ट भएको छ ।

राष्ट्रिय नाचघर काठमाण्डौमा १७ वटा महिला निर्देशकहरुले निर्देशन गरेको १७ लघु फिल्म मध्येमा साहको लघु फिल्म पहिलो स्थान हासिल गरेको हो । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आयोजना गरिएको लघु फिल्म प्रतिस्पर्धामा पुष्प जोशी र एन्जिला चौधरीको ललिताले दोस्रो र श्रीस कुँवर र अस्मिता लावतीको चलचित्र समाइराले तेस्रो स्थान हासिल गरेको छ ।

नेपाल च्याप्टरले यसअघि २०१९ र २०२० मा पनि लघु फिल्म प्रतियोगिता आयोगना गरेको थियो । १४ देशमा इकाई रहेको आईवार्टको ५४ देशमा सदस्य रहेको छ ।

प्रतिक्रिया
नागरिक मिरर