अमेरिकाको लुइजियानामा कार दुर्घटनाः दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । अमेरिकामा भएको एक कार दुर्घटनामा परी दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार अमेरिकाको लुइजियानामा शनिवार राति भएको कारण दुर्घटनामा परी राजन यादव र रोजिन ओलीको मृत्यु भएको हो ।

दुबैजना लुइजियाना टेक युनिभर्सिटीमा अध्ययनरत रहेको पनि बताइएको छ ।

प्रहरीका अनुसार कारमा ओली र यादवसहित अन्य दुईजना पनि सवार थिए । भारी वर्षा भइरहेका बेला कार सडकमा चिप्लिएर रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको थियो । यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुईजना घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया