हंसपुर नगरपालिकामा नियुक्ति बदर भएका मेयर प्रदीपका ज्वाइँ यसरी भए पुन: बहाली
हामीलाई थाहै थियो मेयरकै ज्वाइँले आवेदन दिइएको छ आफूलाई हुँदैन,तर पनि पहिले नगरपालिकामा तीनचार वर्ष काम गरेका कारण आवेदन भरेका थिए।

जनकपुरधााम । धनुषाको हंसपुर नगरपालिकाका बर्खास्त गरिएका करारका कर्मचारी हालपनि कार्यालयमा कार्यरत रहेको पाइएको छ ।
पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीले रोजगार सहायक राजीव कुमार यादवको नियुक्ति बदर गरेपनि उनी हाल पनि पालिकामै कार्यरत रहेको पाइएको हो ।
कार्यसम्पादन कमजोर र आचरण ठीक नभएको कारण देखाउँदै अधिकृत अधिकारीले नौ महिना अगाडी नै उनको नियुक्ति बदर गरेका थिए । तर, रोजगार सहायक यादव नगर प्रमुख प्रदीप कुमार यादवको आफ्नै ज्वाइँ भएका कारण उनलाई पुर्न बहाली गरिएको स्रोतले जनाएको छ।
स्थानीय तहले करार सेवामा कर्मचारी भर्ना गर्दा स्थानीय उम्मेदवारलाई प्राथमिकतामा राखेर बाहिरको उम्मेदवार भन्दा १० अंक बढी दिनुपर्ने हुन्छ। तर, स्थानीय उम्मेदवालाई हटाएर धनुषाकै सबैला नगरपालिका–१० अमरखानाका राजवीलाई नियुक्त गरेका थिए । मेयर यादवले उक्त पदको विज्ञापन नै आफ्नो ज्वाइँलाई नियुक्त गर्नका लागि गरेको बुझिएको छ ।
पालिकाले २०७९ साउन १ गते उक्त पदका लागि विज्ञापन अह्वान गरेको थियो । त्यस पदमा इच्छुक २५ भन्दा बढीले आवेदन दिएका थिए । त्यसमध्ये आधा आवेदकको शैक्षिक योग्यता र अनुभव नपुगेको भन्दै प्रतिस्पर्धामा आउँनै दिइएन । जसमा १४ जना आवेदकलाई मात्रै प्रतिस्पर्धामा सहभागी गराइएको थियो । विभिन्न चरणको परीक्षामा सबैलाई फालेर अन्तिम नतिजामा तीनजना उम्मेदवारको नाम प्रकाशन गराइएको थियो । छनौट भएका उम्मेदवारमा राजीव कुमार यादव र वैकल्पिकमा हंसपुर नगरपालिका–९ का जय प्रकाश मण्डल र हंसपुर–२ का अशोक कुमार मण्डल थिए ।
तत्कालीन प्रशासकीय अधिकृत अधिकारीले २०७९ माघ २९ गते राजीवलाई रोजगार सहायक पदमा नियुक्त गरेका थिए ।
मेयर यादवले रोजगार सहायक पदका विज्ञापन र विभिन्न चरणको परीक्षा औपचारिकताका पूरा गर्नका मात्रै गरेको वैकल्पिक उम्मेदवारमा परेका जयप्रकाश मण्डल बताउँछन् । ‘हामीलाई थाहै थियो मेयरकै ज्वाइँका लागि आवेदन खुलाइएको छ । अरुको नाम निस्कने सम्भावना छैन । तर पनि पहिले नगरपालिकामा तीनचार वर्ष काम गरेका कारण आवेदन भरेको थिए, मण्डलले भने, ‘अहिले मेयरका ज्वाइँसँग प्रतिस्पर्धा गर्न तयार छु, स्वच्छ प्रतिस्पर्धा भयो भने उनी पास गर्न सक्दैनन् । उनको शैक्षिक योग्यता र अनुभव भनेको मेयरको ज्याइँ हुनु हो ।’
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारीले रोजगार सहायक राजीबको नियुक्ति बदर गरेको कुरा आफू दुईतीन दिन पहिले थाहा पाएको हालका प्रमुख प्रशासकीय अधिकृत सर्वजीत कुमार झाले बताए । नियुक्ति बदरको पत्र मेरो हातमा आएपछि मैलै उनको कार्यासम्पादन हेरे सबै कुरा ठिक देखिएपछि पुनः बहाली गरेको भन्दै अधिकृत झाले भने, ‘कुनै पनि कर्मचारीलाई हटाउनु भन्दा अगाडी कार्यसम्पादन हेर्नुपर्छ, स्पष्टीकरण सोध्नुपर्छ। स्पष्टीकरणको भरपर्दो जवाफ नआएपछि कुनै कर्मचारीलाई हटाउन पाइँन्छ। तर व्यक्तिगत रिसिबी कारण कुनै प्रशासकीय अधिकृतले एकै चोटी बदरको पत्र काट्न मिल्दैन।’
उनका अनुसार तत्कालीन अधिकृत अधिकारीले उनको नियुक्ति बदर गर्दा न कुनै कर्मचारीलाई जानकारी दिएका थिए न कार्यालयलाई । मेयरको ज्वाइँ भएका कारण उनलाई हटाएको थियो ।
कुनै पनि कार्यालयले पक्रिया पुर्याएर कर्मचारी भर्ना गरेको हुन्छ । तर कुनै अधिकृत आएर बिना कुनै कारण सिधै नियुक्ति बदर गर्नु कार्यालयको मानमर्दन र कर्मचारीलाई मजाकको पात्र बनाउनु ठीक नहुने अधिकृत झा बताउँछन् । उनले भने, ‘उनको नियुक्ति बदर गरेको गलत लागेपछि मैले पुनः बहाली गरेको छु ।’
यो पनिः हंसपुरका मेयर प्रदिपले आफ्नो थोथ्रो गाडी पालिकालाई भाडामा दिएर मासिक ८० हजार असुल्दै
यो पनिः‘सम्धी’ को थोथ्रो गाडीमा हंसपुरका मेयर प्रदिपको मोह: हाकिमले रद्द गरे पनि पटक–पटक सम्झौता
यो पनिःमेयरको मनमौजी नमानेपछि उपमेयरलाई हाकिमको धम्की-‘साइन गर, नभए सबै सेवासुविधा रोकिदिन्छु’






