सिरहा छुरा प्रहार प्रकरण : घटनामा संलग्नलाई २४ घण्टाभित्र पक्राउ गर्ने सहमतिपछि खुल्यो राजमार्ग

सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजारमा चक्काजाम गरिएको छ । शनिबार छुरा हानेर हत्या गरिएका गोलबजार ६ का रामकुमार सदाको हत्यारालाई प्रहरीले अहिलेसम्म नसमातेको भन्दै आफन्त तथा स्थानीयबासीले चक्काजाम गरेका हुन् ।

शनिबार दुई समूहबीच विवाद भएपछि छुरा हानाहान भएको थियो । छुरा प्रहरीबाट २६ वर्षीय रामकुमारको ज्यान जानुको साथै सोही ठाउँका १९ वर्षीय निकेश सदा गम्भीर घाइते छन् । उनको आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिहानैदेखि अवरुद्ध रहेको राजमार्ग स्थानीय प्रशासन र पीडित परिवारबीच हत्यामा संलग्नलाई २४ घन्टाभित्र पक्राउ गर्ने, घाइतेलाई उपचारको व्यवस्था गर्ने र पीडित परिवारलाई कानुन बमोजिम क्षतिपूर्ति दिलाउन सिफारिस गर्ने तीन बुँदे सहमति भएपछि १० बजे मात्रै खुलेको छ ।

प्रतिक्रिया
नागरिक मिरर