‘डिजिटल नेपाल सम्मेलन–२०२५’ साउनमा ३० हुने

काठमाडौँ । ‘डिजिटल नेपाल सम्मेलन’ चौथो संस्करण यही साउन ३० गते आयोजना हुने भएको छ ।

आइसिटी फाउण्डेशन नेपालले मंगलवार पत्रकार सम्मेलन गरी ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ भन्ने नारासहित ‘डिजिटल नेपाल सम्मेलन–२०२५’ आयोजना गर्न थालिएको जनाएको हो । यस वर्षको मुख्य थिम ‘डिजिटल सिनर्जीः ट्रान्सफर्मिंङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ रहेको छ ।

पुल्चोकस्थित द प्लाजामा आयोजना हुने सम्मेलनमा आठ वटाभन्दा बढी सत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञसहित ५० भन्दा बढी वक्ता रहनेछन् । गुगलको सहभागिता हुने सम्मेलनमा डिजिटल शासन, डिजिटल पूर्वाधार, डिजिटल स्वास्थ्य, डिजिटल अर्थतन्त्रलगायतका विषयमा संवाद हुनेछ ।

सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै फाउण्डेशनले नेपालको डिजिटल रूपान्तरण र इकोसिस्टम विकासको लागि विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया