शव बन्धक मुक्तपछि हरि मोहनकी श्रीमती सुशिलालाई करिब ६ लाख ११ हजार रुपैयाँ सहयोग

सिरहा। आर्थिक अवस्था निकै कमजोर रहेको सिरहा लहान २३ बथनाहाका सुशिला देवी सहनीलाई विभिन्न व्यक्ति र संस्थाहरुबाट संकलन भएको ६ लाख १० हजार ९०० सय रकम हस्तान्तरण गरिएको छ। उनको सहयोगमा लागेका अभियन्ता शिव यादव, बब्लु गुप्ता र कलाकार रविराज साह लगायतले आज उक्त रकम हस्तान्तरण गरेको हो।

पेटमा समस्या आएपछि काठमाडौंस्थित केएमसी अस्पतालमा अप्रेसन पश्चात उपचारको क्रममा मृत्यु भएको हरि महोन सहनीका श्रीमतीलाई आइतबार उक्त रकम सहयोग स्वरुप प्रदान गरिएको छ। सहनीलाई उपचार गराउन उनको श्रीमतीले घरजग्गा बन्धक राखेका थिए। साथै केही पैसा सापटी लिएर पनि उपचार गराएका थिए। सो ऋण तिर्न अभियन्ताहरुले आर्थिक सहयोग अभियान थालेपछि संकलन भएपछि पैसा हस्तान्तरण गरिएको छ।

सहनीको उपचारमा ११ लाख खर्चपछि मृत्यु भएको थियो। मृत्युपछि १ लाख ५० हजार तिर्न नसक्दा अस्पतालले मृत शरिर बन्धन राखेका थिए। गत बुधबार सोही क्रममा अभियन्ताहरुले जानकारी पाएपछि सहनीलाई बन्धक मुक्त बनाएर २१ हजारमा एम्बुलेन्स भाडा गरेर अन्तिम संस्कारका लागि गाउँ पठाउन सहयोग गरेका थिए।

उपचारका क्रममा सुशीलाले घरजग्गा बन्धक राख्नुका साथै ऋण समेत लिएकी थिइन्। उक्त ऋण र बन्धक जग्गा छुटाउन सहयोग अभियान सुरु गरिएको थियो। संकलित रकम पाएपछि उनले जग्गा फुकुवा गराउनुका साथै लिएको ऋण पनि बिना ब्याज फिर्ता गरेकी छन्।
सहयोग रकम खाडी मुलुक कतारमा कार्यरत नेपाली, सामाजिक संस्था ‘१०० ग्रुप’ तथा नेपालका विभिन्न व्यक्ति र संस्थाबाट संकलन गरिएको हो।

मृतक सहनीका दुई छोरा र दुई छोरी छन्। उनीहरूको निःशुल्क शिक्षाका लागि समेत पहल भइरहेको अभियन्ता शिव यादवले बताएका छन्।

प्रतिक्रिया