मुख्यमन्त्री सिंह र भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञबीच भेटघाट

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूबीच भेटघाट भएको छ ।

आज बिहान भएको भेटघाटको क्रममा मधेशमा देखिएको जल संकटको विषयमा छलफल भएको हो ।

भेटको क्रममा टोलीले भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्न तथा पानीको अभाव समाधानका उपायहरूबारे सुझाव दिने योजना प्रस्तुत गरेको मुख्यमन्त्री सिंहको निजी सचिवालयले बताएको छ ।

प्रतिनिधिमण्डलले आगामी दिनमा मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेर भूगर्भीय पानीको अवस्था सम्बन्धी आवश्यक अनुसन्धान गर्ने पनि बताइएको छ ।

भारतीय टोलीमा जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरू आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रसान्त राय रहेका छन्।

मुख्यमन्त्री सिंहले टोलीको अनुसन्धान र सुझावले प्रदेशमा दिगो पानी व्यवस्थापन र भू–जल संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया