ढल्केवरका डान्सबार बन्द गर्न किन निकाल्यो मिथिला नगरपालिकाले सूचना, यतिका वर्ष किन थिए मौन!

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाले पालिका भित्र संचालनमा रहेका डान्स बारहरू बन्द गर्न निर्देशन दिएको छ।
बिहिबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारीले नगरपालिका भित्र संचालनमा रहेको उकत डान्सबारहरू सातदिन भित्र बन्द गर्न निर्दशन दिएको छ।
अन्य व्यवसाय सञ्चालन गर्नेगरी अनुमति लिई डान्स बार सञ्चालन गरेको कारण समाजमा उच्छृङ्खल तथा अपराधिक कृयाकलापरू बढावा मिलेको र व्यापक जनगुनासो बढेका कारण नगरभित्र रहेका डान्स बार बन्द गर्न भनिएको सूचनामा उल्लेख छ।

केही दिनदेखि स्थानीयहरू डान्सबार विरूद्द आक्रोशित भएका छन्। उनीहरूले गत सोमबार राति ढल्केवरस्थित एक डान्सबारमा तोडफोड समेत गरेका थिए। यस क्षेत्रमा करिब पाँचवटा डान्सबार संचालनमा रहेको छ। गत साता स्थानीय प्रशासनले ढल्केवरस्थित एक डन्सबारबाट दुईजना उमेर नपुगेका बालिकालाई उद्दार गरेको बुझिएको छ।
प्रशासनकै मलोमतोमा रातभर संचालन हुने ती डान्सबारले त्यस क्षेत्रमा दुर्घटना पनि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको तथ्यांकले देखाउँछ।
करिब पाँच वर्षदेखि ढल्केवरमा डान्सबार व्यवसाय संचालन हँदै आएको छ।
स्थानीयका अनुसार ती बारहरू जनप्रतिनिधिकै मिलोमतोमा चलिरहको थियो। तर, स्थानीयको व्यापक दबाबपछि नगरपालिकाले यस्तो निर्णय लिएको छ।
त्यहाँ संचालित बारमध्ये एक डान्सबार स्थानीय पहुँच भएकै राजनीतिकर्मीको नातेदारको थियो।
डान्सरबारले गर्दा सो क्षेरमा दिनहँ झडप पनि हुने गरेको स्थानीय बताउँछन्।






