राष्ट्रिय किशोर सञ्जालको केन्द्रीय कार्य समितिमा राजन दास मनोनित

जनकपुरधाम। राष्ट्रिय किशोर सञ्जाल नेपालको केन्द्रीय कार्य समितिमा राजन दास मनोनित भएका छन्। धनुषाको सहिदनगर नगरपालिका ८ बिसरभोराका १७ वर्षीय दास कार्य समितिमा मनोनित भएका हुन्।
राष्ट्रिय किशोर सञ्जाल सिविन नेपालद्वारा सञ्चालित संस्थाको कार्य समितिमा दास मनोनयन भएको जनाइएको छ। सञ्जाल किशोर अधिकार, लैङ्गिक समानता, जलवायु न्याय, यौन तथा प्रजनन अधिकार, अनलाइन सुरक्षा लगायतका विषयमा वकालत गर्दै आएको छ। यसले बालबालिकाको आवाजलाई नीति तथा निर्णय प्रक्रियासम्म पु¥याउने उद्देश्य लिएको छ।
हाल २३ सदस्यीय केन्द्रीय समिति रहेको सञ्जालले सातै प्रदेशमा प्रादेशिक संरचना मार्फत किशोरकिशोरीलाई नेतृत्व विकास, नीति वकालत र सामाजिक परिवर्तनमा संलग्न गराउँदै आएको छ।
काठमाडौंको गोदावरीमा हालै सम्पन्न तेस्रो राष्ट्रिय भेलामा राजन दाससहित नयाँ केन्द्रीय समिति घोषणा गरिएको हो। भेलामा राष्ट्रिय सभा सदस्य कमला देवी पन्त, मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगर, राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्द्रा देवी दकाल, सेभ द चिल्ड्रेनकी प्रमुख तारा क्षेत्रीलगायतको सहभागिता थियो।






