जनकपुरमा अस्पतालले लियो फेरी एक युवकको ज्यान, एम्बुलेन्स चालक उपर पनि शंका

जनकपुरधाम। जनकपुरधाममा अस्पतालको लापरवाहीले एकजना युवकको ज्यान गएको पीडितले आरोप लगाएका छन्। जनकपुरधामस्थित सत्य साई मल्टिस्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको लापरबाहीले जिल्लाको सबैला नगरपालिका वडा नम्बर २ सबैलाको १७ वर्षीय संतोष दासको ज्यान गएको पीडितको आरोप छ।

जनकपुरधाम धनुषाधाम सडकखण्डस्थित मिथिला बिहारी नगरपालिकाको परशुराम तलावमा भएको मोटरसाइकल दुर्घटनामा परेको दासको अस्पतालमा लापरबाहीले मृत्यु भएको उनको दिदिको आरोप छ। दासको करिब साँझ पौने ५ बजे दुर्घटना भएपछि धनुषाधाम लेखिएको एम्बुलेन्समा करिब साढे ५ बजे अस्पताल पुर्याएको थियो। परिवारजनलाई नसोधी नै त्यस अस्पतालमा एम्बलेन्स चालकले लगेको आरोप छ।

एम्बुलेन्स चालकले सेटिंगमा बिरामीलाई अस्पतालमा लग्ने गरेको आरोप लगिरहेको बेला यस्तो घटना घटेपटि एम्बुलेन्स चालक उपर पनि शंका उत्पन्न भएको छ।

एम्बुलेन्सले दुर्घटनामा परेका संतोष र उनको साथी साहिल साफीलाई अस्पतालमा लगेपनि करिब दुई घण्टासम्म अस्पतालमा डाक्टर नआएपछि संतोषको मुत्यु भएको परिवारजनलाई बताएको थियो। त्यसपछि डाक्टर नआएपछि अर्का अवस्था गम्भिर भएको साहिललाई प्रादेशिक अस्पताल जनकपुरधाममा रेफर गरेको पीडित परिवारसँगै रहेका सुरेन्द्र यादवले जानकारी दिए।

उनको अवस्था पनि गम्भिर नै रहेको जनाइएको छ।

प्रतिक्रिया