अमेरिकी सरकारद्वारा ६ हजार विद्यार्थीको भिसा रद्द

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले ६ हजार विद्यार्थीको भिसा रद्द गरेको छ ।

बीबीसीका अनुसार अमेरिकी कानून उल्लङ्घन र निर्धारित अवधिभन्दा बढी बसेको कारण ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भिसा रद्द गरिनेमा अधिकांश नसालु पदार्थ सेवन गरेर गाडी चलाउने, चोरी र आतङ्कवादलाई समर्थन गरेको मामिला रहेको छ ।

ट्रम्प प्रशासनको कडा इमिग्रेशन नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीमाथि कारबाही गरिएको बताइएको छ ।

प्रतिक्रिया