राज्य व्यवस्था समितिमा विवादीत भएका खतिवडा संसदीय सुनुवाई समितिमा निर्विरोध

काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली काँग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध चयन भएका छन् ।

समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठकमा खतिवडालाई निर्विरोध चयन भएको घोषणा गरियो ।

यसअघि समितिकी सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि सभापति पद रिक्त थियो । जसमा खतिवडाको एकल उम्मेदवारी परेको थियो ।

बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा (एमाले)का सांसद महेश बर्तौलाले समर्थन जनाए ।

खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति थिए ।

प्रतिक्रिया