कुलमान घिसिङ बने उर्जामन्त्री, हटाउलान त प्राधिकरणका निर्देशक हितेन्द्रलाई

गृहमन्त्री माग्न गएका हर्क साम्पांगलाई प्रधानमन्त्रीले भेटिनन्

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निर्देशकको जिम्मेवारी सफतापूर्वक निर्वाह गरेका कुलमान घिसिङ उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री बनेका छन् । मुलुकलाई लोडसेडिङ्ग मुक्त बनाउने घिसिङलाई नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले उर्जामन्त्रीमा नियुक्त गरेकी छिन्।

घिसिङसँगै रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बताएको छ । मन्त्रीहरुको नामावली आइतवार राष्ट्पति कार्यालय पठाइएको छ। उनीहरुको शपथ भने सोमवार हुनेछ।

यता कार्यकाल बाँकी छदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्देशक घिसिङलाई हटाएर आफ्नो सालो हितेन्द्रदेव शाक्यलाई निर्देशक बनाएका थिए । नेपाली जनतामा निकै लोकप्रिय पनि रहेका घिसिङलाई हटाएपछि देशैभर आन्दोलन भएको थियो। अब उनै घिसिङ उर्जामन्त्री नियुक्त भएपछि प्राधिकरणमा अपेक्षाअनुसारको काम गर्न नसकेका शाक्यलाई हटाउने हो कि भनेर कतिपयले चर्चा गरिरहेका छन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ्ग बर्खास्त

कुलमानलाई हटाएपछि काठमाडौंमा सरकारको बिरोधमा प्रदर्शन

यस्तै प्रधानमन्त्री बन्न निकै कसरत गरेका धरानमा मेयर हर्क साम्पांग गृहमन्त्री बन्न प्रधानमन्त्री निवास पुगेको बुझिएको छ । तर, उनलाई प्रधानमन्त्रीले नभेटेपछि उनी रित्तै फर्किएको चर्चा पनि छ।

प्रतिक्रिया