काम नगरिदिएको झोँकमा माओवादीका कार्यकर्ताले लेखा अधिकृतमाथि दले कालोमोसो

रौतहट। कानुन विपरित भूक्तानीमा सहयोग नगरिदिएको झोँकमा भौतिक पूर्वाधार विकास कार्यालय रौतहटका लेखापाल माथि कालोमोसो दलिएको छ । 

सोमबार चन्द्रनिगाहपुरको एक होटलमा बसिरहेको कार्यालयमा लेखा अधिकृत सुदीप गौतममाथि कालोमोसो दलिएको हो । 

पछिल्लो लामो समयदेखि कानुन विपरितको भूक्तानी गर्न लेख प्रमुखमाथि दबाब बनाएका बिक्की पाण्डेले सोमबार आक्रोसित हुदैँ कालोमोसो दलेको हो । 

प्रत्यक्षदर्शीका अनुसार सोमबार एक होटलमा बसेको लेखा अधिकृत गौतमलाई भेट्ने भन्दैँ नेकपा माओवादी निकट मानिने बिक्की पाण्डे होटल पसेका थिए । होटल बाहिर केहि अराजक समूहहरुलाई राखेर अधिकृत गौतमलाई कुरेर बसेको र अधिकृत गौतम सहित केहि ब्यक्ति बसेको होटलको क्याविनमा एक्कासि छिरेर कालोमोसो दलेको बताइएको छ ।

सुरुमा हातपात गर्ने योजनामा रहेको सो समूहहरु गुण्डागर्दी शैलीमा कालोमोसो दलिएको होटलमै रहेको एकजना प्रत्यक्षदर्शीले बताएका हुन् । 

स्रोतका अनुसार बिक्की पाण्डे भनिने व्यक्ति समूहले केहि समय अघि सो कार्यालयबाट काम गरेको थियो । तर सो काम उनीहरुको प्रक्रिया नमिलेपनि भूक्तानी मागिएको दाबी छ ।पछि प्रक्रिया मिलाउन भन्दैँ अर्कै कुनै समूहले लेखा अधिकृतको गौतमको नाम कमिसन लिएको पाइएको थियो । आफूँसँग कुनै कनेक्सन नै नरहेको व्यक्तिले कमिसन लिएको भइपनि आफूँमाथि लगाइएको अधिकृत गौतमको भनाई छ । 

यो विषयसँग मेरो कुनै लेनादेना नै छैन्, पुर्वाग्रह राखेर मेरो नाम मुँछिएको छ । अधिकृत गौतमले भने उनले जसले लिएको छ त्यो व्यक्तिसँग मिलाउनु भन्दैँ आग्रह गरिएपनि दोस थुपारेर आफूँमाथि यस्तो गैरकानुनी घटना घटाइएको छ । 

विवादित पृष्ठभूमिका पाण्डे

अधिकृत गौतममाथि कालोमोसो दलिने बिक्की पाण्डे समूह विवादित पृष्ठभूमिको रहेको पाइएको छ । स्रोतका अनुसार केही समय उनी एकजना नाबालिक युवतिसँग विवाह गरेर उनीमाथि पटक पटक घरेलु हिंसा समेत गरेको थियो । पछि सो युवती बालिक भएपछि डिर्भोस लिई देशवाहिर उडेको स्रोतको भनाई छ । 

त्यस्तै पछिल्लो समय उनी विभिन्न कार्यालयको काम लिने माफियागिरीमा उत्रेको नजिकबाट चिन्नेहरुको दाबी छ । काम लिने, काम नगर्ने र अनावश्यक विवाद समेत खडा गरी भूक्तानी लिने गरेको पाइएको छ । 

त्यस्तै जेनजी प्रदर्शनको आँडमा सरकारी कार्यालय र नेपाली काँगे्रसका प्रतिनिधि सभा सदस्य देवी प्रसाद तिम्लिसनाको घरमा समेत आगजानी गरेको पाइएको छ । साथै पाण्डेले सोही घरमा रहेको सरकारी कार्यालय र सरकारी गाडीहरुमा समेत आगजनी गरेको थियो । 

साथै, काम नगर्ने कर्मचारीमा जाईलाग्ने हुलहुज्जत र बेज्जती समेत गर्ने गरेको स्रोतको भनाई छ । उनी विरुद्ध रौतहटको विभिन्न स्थानमा जाहेरी, मुद्दा र निवेदन रहेको पाइएको छ ।

प्रतिक्रिया