लेखापाल गौतममाथि भएको दुर्व्यवहारप्रति कर्मचारी युनियनको ध्यानाकर्षण

रौतहट। पर्यटन, पूर्वाधार, वन तथा भूसंरक्षण कार्यालय रौतहटका लेखापाल सुदीप गौतममाथि भएको दुर्व्यवहारप्रति नेपाल निजामती कर्मचारी युनियन रौतहटले ध्यानाकर्षण गरेको छ । युनियनले बुधबार एक विज्ञप्ति जारी गर्दै गौतममाथि भएको दुर्व्यवहारप्रति ध्यानाकर्षण गरेको हो ।

कर्मचारीले गल्ती गरेको भए कानुनी कारवाही गर्ने र गराउने उपायहरु हुदाँ हुँदै राष्ट्र सेवक कर्मचारीमाथि दुर्व्यवहार तथा हातपात हुनु अत्यन्तै दुखत् रहेको बताउँदै युनियनले कानुन हातमा लिने व्यक्तिलाई कारवाहीको माग समेत गरेको छ ।

लामो समयदेखि कानुन विपरितको भुक्तानी गर्न लेखापाल गौतममाथि दबाब बनाएका बिक्की पाण्डेको समूहले सोमबार आक्रोसित हुँदै कालोमोसो दलेको थियो ।

प्रतिक्रिया