मधेसमा काँग्रेसका कृष्णा प्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठन गर्न दाबी पेस

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री सतिषकुमार सिंहको राजीनामा नआउँदै नयाँ सरकार गठनको दाबी पेस गरिएको छ।

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा प्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र जनमत पार्टीका ५८ जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनको दाबी पेश गरिएको हो।

बुधबार मुख्यमन्त्री सिंहले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिँदै नयाँ सत्ता गठबन्धन बनाएर सरकार गठनका लागि दाबी पेश गरिएको हो।

१०७ सदस्यीय मधेश प्रदेशसभामा हाल २ जना प्रदेशसभा सदस्य निलम्बित छन्।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना सांसदको समर्थनमा नयाँ सरकार गठनको दाबी पेस गरिएको हो।

प्रतिक्रिया