मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र प्रसाद सोनार नियुक्त

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतातन्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

उनले आफ्नो दल लोसपासहित अन्य दलगरी ५७ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेका थिए ।

त्यसो त निवर्तमान मुख्यमन्त्री जनमत पार्टीका सतिशकुमार सिंहले राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि आह्वान भएको थियो ।

नयाँ मुख्यमन्त्रीको दाबी पेसका लागि आज अपरान्ह ४ बजेसम्मका लागि समय तोकिएको थियो ।

प्रदेश प्रमुख भण्डारीले कांग्रस एमाले बाहेकको ६ दलको ५७ सांसद सहित मुख्यमन्त्रीमा दावी पेश गरेका सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

त्यसो त आज नै नेपाली कांग्रेस र नेकपा एमालेसहितको समर्थनमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका थिए । उनले ५८ प्रदेश सभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री सोनल मधेस प्रदेशको चौथो मुख्यमन्त्री हुन् । नवनियुक्त मुख्यमन्त्री सोनलको शपथ आजै हुनसक्ने बुझिएको छ ।

प्रतिक्रिया