शहिदहरुको बलिदानी हो ‘मधेश प्रदेश’ : मुख्यमन्त्री राउत

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आन्दोलनमा शहिदहरुले दिएको आफ्नो बलिदानीले नै संघीयता र पहिचानसहितको ‘मधेश प्रदेश’ प्राप्त भएको बताएका छन् ।

मधेश सहिद प्रतिष्ठानद्धारा सप्तरीको राजविराजमा आज आयोजना गरिएको ‘चौथो बलिदानी दिवसको अवसरमा मधेश आन्दोलनका शहिद परिवार एवम् घाइते प्रति सम्मान कार्यक्रम’मा बोल्दै उनले बिभिन्न समयमा भएको मधेस आन्दोलनले नै आएको संघीयताले पछाडी पारिएका समूदायले अधिकार प्राप्तितर्फ उन्मुख भइरहेको बताए ।

मुख्यमन्त्री राउतले शहिदहरुले देखेका सपनाहरु पनि चरणवद्ध रुपमा पूरा हुँदै गएको बताउँदै यहाँका जनताले पहिचानसहितको प्रदेश पाईसकेकाले जनताको हकअधिकार सुनिश्तिताका लागि अबको दिनमा संविधान संशोधन गराउने दिसामा नै आफुहरु लागेको उनले बताए ।

आफनो पहिचान सहितको अधिकारका लागि सहिद परिवारको बलिदानी खेर जान नदिने बताउँदै मधेसी जनताको लागि संघीय सरकार जति बैमानी गरेपनि आफनो कार्य निरिन्तर जारी रहने भन्दै सहिद परिवारको रोजगारको लागि सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।सबै दलको सहयोगमा मधेस प्रदेशको नामाकरण भएको भन्दै अधिकार प्राप्तीको लडाई अझै पनि जारी रहेको बताउँदै जिन्दा सहिद मंसी पटेल सहित घाइतेहरुलाई राहतको ब्यवस्था मिलाउन सरकार आफ्नो गृह कार्य समेत अगाडी बढाइरहेको बताए ।

उनले भने मधेस आन्देलनको क्रममा सहिद र घाइते भएकाहरुको समस्या बुझ्नको लागि प्रदेश सरकारले मधेस सहिद प्रतिष्ठान गठन गरेको छ । मधेस आन्दोलनको क्रममा घाइते भएकाहरुले छुटेकाहरुले यस संस्थामा नाम लेखाउन आग्रह समेत गरिएको छ ।

मधेस आन्दोलनबाट संघीयता आएको भन्दै प्रदेश प्रहरी समायोजनाका लागि कामहरु समेत अगाडी बढी रहेको बताउदै जनसंख्याको आधारमा निजामती ऐन ल्याएर भएपनि मधेस प्रदेशको हरेक जिल्लामा मधेसी समुदायिका कर्मचारी कार्यालयमा हुनुपर्नेमा उनले जोड दिए ।

सरकारले पाँच वटा सहिद्ध पार्क बनाउने योजना समेत ल्याएको भन्दै क्षमताको आधारमा प्रदेश सरकारले उच्च समान्न गर्दै सहिद र घाइते परिवारलाई क्षतिपुर्जी दिने प्रतिबधता जनाए ।

आन्दोलको क्रममा घाइते एवम अङभङ भएकाको भरनपोषण समेत प्रदेश सरकारको दायित्व रहेको भन्दै यसका पनि पहल भइरहेको जानकारी दिदै मधेस आन्दोलनमा सहिद भएका परिवारले रोजगारी नपाएकालाई तत्काल रु.२१ हजारका दरले मासिक तलब दिएर भएपनि उनको भरनपोषण गरिने समेत बताए ।

सोही कार्यक्रममा प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले देशको उत्प्रेरण र बिभेदमा परेकाहरुको अधिकारका लागि प्रदेश सभबाट मधेस सरकार निर्माण भएको बताए ।

सहिदको सपना अधुरे रहेको भन्दै मधेसकै आन्दोलनले मुलुकमा परिर्वतन आएको उनले बताए ।

कार्यक्रममा जसपा प्रदेश अध्यक्ष रामबाबु यादवले मधेस प्रदेश नामाकरण भएपनि मधेसपि समुदायमा उत्साहा जागेको बताए ।

मधेस सरकारले संघीयता ,पहिचान र बिभेदकारी संग लडनको लागि तैयार रहेको भन्दै अधिकार प्राप्तीको लडाई अहिले पनि जारी नै रहेको उनको कथन थियो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहको अध्यक्षतामा आयोजित कार्यक्रममा सोही कार्यक्रममा मधेश प्रदेश सरकारले मधेश आन्दोलनका शहिद परिवार एवम् घाइेतहरुलाई आर्थिक सहयोगसहित सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री राउतले मधेश आन्दोलनमा बलिदानी दिएका ५९ शहिद परिवारलाई ३÷३ लाखका दरले आर्थिक सहयोगसहित सम्मान गरिएको छ भने ८६ जना आन्दोलनका घाइतेहरुलाई समेत रु २५ हजारदेखिरु ३ लाख रुपैयाँसम्म सहयोग प्रदान गरिएको छ ।

माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेशका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो । आजको दिनलाई स्मरण गर्दै प्रदेश सरकारले प्रत्येक बर्ष बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।

यसै अवसरमा प्रदेश सरकारले बिगत चार बर्षदेखि सार्वजनिक बिदा पनि दिने गरेको छ ।

प्रतिक्रिया
नागरिक मिरर