लाहिरू मिलान्थाले जनकपुर बोल्ट्सबाटै एनपीएल खेल्ने

काठमाडौँ। अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) पनि जनकपुर बोल्ट्सबाटै खेल्ने भएका छन् ।
जनकपुर बोल्ट्सले श्रीलंकन ओरिजिनका अमेरिकन क्रिकेटर मिलान्थालाई यो सिजन पनि अनुबन्ध गरेको जनाएको हो ।
एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्थाले यसअघि पनि नेपालमा आएर खेलिसकेका छन् । उनी हाल अमेरिकामै क्रिकेट खेल्दै आएका छन् ।
नेपाल क्रिकेट संघले तीन वर्षअघि आयोजना गरेको नेपाल टी–२० लिगमा उनले लुम्बिनी अल स्टारबाट खेलेका थिए । अल स्टार टोलीलाई च्याम्पियन बनाउने क्रममा मिलान्थाले १२२ माथिको स्ट्राइक रेटमा ३४९ रन बनाएका थिए । उनी सो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए । मिलान्थाले फाइनलमा ४१ रन बनाएका थिए ।
मिलान्थालाई अनुबन्ध गर्न रणनीतिक कदम भएको र उनको यसअघिको अनुभव एनपीएलका लागि राम्रो हुने जनकपुर बोल्ट्सका निर्देशक अमित राम श्रेष्ठले बताएका छन् ।






