कर्मचारी कुट्ने लोसपाका पूर्व सांसद साह र जिल्ला अध्यक्ष झा एक/एक हजार धरौटीमा रिहा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्रीमा नेकपा एमालेका सरोज कुमार यादव नियुक्त भएपछि आन्दोलनको क्रममा कर्मचारी कुट्ने लोसपाका दुईजना नेता धरौटीमा रिहा भएका छन्। कार्तिक २४ गते आन्दोलनरत कर्मचारी कुट्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पूर्व प्रदेशसभा सदस्य परमेश्वर साह र जिल्ला अध्यक्ष जिवेन्द्र झा १–१ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन्।

अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय धनुषाले उनीहरूलाई १–१ हजार रुपैयाँ धरौटीमा रिहा गरेका हो। हिजो साँझ पक्राउ परेका साह र झालाई प्रहरीले आज जिल्ला प्रशासन कार्यालय धनुषामा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मुख्यमन्त्री कार्यालयका नायब सुब्बा निरज यादवमाथि साह र झाले निर्धात रूपमा कुटपिट गरेको थियो। कर्मचारीलाई कुटेको भिडियो भाइरल भएपछि पूर्व सांसद साह र नेता झाको निकै विरोध भएको थियो।

कर्मचारी कुट्ने उनीहरुलाई कारवाही गर्न कर्मचारी संगठनहरु एकबद्ध भएका थिए।

प्रतिक्रिया