कर्ण कायस्थ महिला समाजको स्मारिका विमोचन

काठमाडौँ । कर्ण कायस्थ महिला समाजले स्मारिका विमोचन गरेको छ ।

बिहीवार काठमाडौँमा विचार तथा पुस्तक विमोचन कार्यक्रमको आयोजना गरी समाजले ‘नन्दनी स्मारिका २०८२’ को विमोचन गरेको हो ।

समाजले विमोचन गरेको स्मारिकामा कायस्थ समाजको कला, संस्कृति र समाजका अन्य विविध पक्षबारे लेख र रचनाहरू समावेश गरिएका छन् ।

पछिल्लो समय समाजमा बढ्दो विकृतिको न्यूनिकरण गर्न स्मारिकाले सहयोग पुग्ने समाजका अध्यक्ष पुनम दासको भनाइ छ ।

उनले बदलिँदो समयसँगै नयाँ पुस्ताले आफ्ना संस्कृतिलाई बुझ्न सकुन र त्यसलाई भविष्यमा संरक्षण गर्न सकुन उदेश्यले स्मारिकाले सहयोग पुग्ने विश्वास गरिएको बताइन् ।

समाजले पछिल्लो समय कायस्थ समुदायको क्षेत्रमा मात्रै नभई अन्य समुदायका लागि पनि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा पुनरावेदन अदालतका पूर्व न्यायाधि लोकेन्द्र मल्लिक, मधेश प्रदेशका सांसद मनिष सुमन, ललितकला प्रतिष्ठानको मिथिला चित्रकलाका प्राज्ञ एस.सी.सुमन, नेपाल चित्रगुप्त सेवा समानका अध्यक्ष संतोष किशोर लाभ, मिसन दुई करोड चित्रांश प्रतिष्ठानका अनिल कर्ण, मधेशी आयोगका पूर्व अध्यक्ष डा.विजय दत्त, वैज्ञानिक तथा मेकानिकल इन्जियनिर विनय कर्ण लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
    ट्याग: