शिवशंकर यादव ‘बेस्ट म्यानेजर अवार्ड’बाट सम्मानित

जनकपुरधाम। राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक शिवशंकर यादव शुक्रबार ‘बेस्ट म्यानेजर अवार्ड’ प्राप्त गर्दै सम्मानित भएका छन्। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित पिडारी चोक शाखाका प्रमुख रहेका यादवले बैंक सेवा पुरस्कार अन्तर्गत यो अवार्ड हासिल गरेका हुन्।
बैंकको ६०औं वार्षिकोत्सवको अवसरमा ग–समूहका शाखा प्रबन्धकहरूको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनका आधारमा यादवलाई उत्कृष्ट प्रबन्धक घोषणा गर्दै बैंक सेवा पुरस्कार प्रदान गरिएको हो। उनले नगदसहितको पुरस्कार प्राप्त गरेका छन्।

प्रदेश कार्यालयले कर्मचारीको कार्यसम्पादनका आधारमा उत्कृष्ट कर्मचारी छनोट कार्यविधि अनुसार गरेको छनोट गरेर पठाएपछि केन्द्रिय समितिको सिफारिसअनुसार यादवलाई सम्मान गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया






