मुख्यमन्त्री सरोज यादवको मन्त्रिपरिषद्ले गरेको सबै सरुवाहरु बदर

जनकपुरधाम । एमालेका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा गरिएको मन्त्रिपरिषद्का सबै सरुवा र जिम्मेवारी परिवर्तनको निर्णयहरु बदर भएको छ।

शनिबार गठन भएको काँग्रेस नेतृत्वको सरकारले कार्तिक २३ देखि मंसिर १७ सम्मको अवधिमा मन्त्रिपरिषद्को बैठकबाट भएका सबै सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने निर्णयहरु खारेज गर्ने निर्णय गरेको छ।

यादव नेतृत्वको सरकारलाई दिर्घकालिन निर्णय नगर्न आदेश दिएको समयमा गरेको उक्त निर्णयहरु विरुद्द नेपाल मधेशी निजामती कर्मचारी मञ्चले गत १८ गतेमा उक्त निर्णयहरु बदर गर्न माग गरेको थियो।

प्रतिक्रिया