वन सेवाका कर्मचारीमाथि कारबाहीको माग गर्दै लेखा समुहका कर्मचारीले बुझाए ज्ञापनपत्र

जनकपुरधाम । मधेश प्रदेश लेखा समुहका कर्मचारीहरुले कामकाज ठप्प पार्ने चेतवनी दिएका छन् । लेखा समुहका कर्मचारीहरलाई धाक–धम्की दिने वन निर्देशनालयका कर्मचारीहरुमाथि कारबाही नगरे कामकाज ठप्प पार्ने भन्दै बिहीवार प्रदेश सरकार समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले मुख्यमन्त्री कृष्णप्रसाद यादव, अर्थमन्त्री महेशप्रसाद यादव, का.मु प्रमुख सचिव जयकुमार घिमिरे र अर्थ सचिव रामकुमार महतोलाई ज्ञापनपत्र बुझाउँदै धाकधम्की दिने वन सेवाका कर्मचारीहरुलाई कारबाहीको माग गरेका छन् ।
‘वन निर्देशनालयका प्रमुख लगायतका कर्मचारीले त्यहाँ कार्यरत लेखा समुहका कर्मचारीहरुको कामकाजप्रति विगत लामो समय अनुचित दवाब सिर्जना गर्दै आएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ, ।’

बुधवार वन सेवाको केही कर्मचारीहरु का.मु सचिव जयकुमार घिमेरेको कार्यलयमा पुगेर लेखा समुहका कर्मचारीको बारेमा प्रयोग गरेको अमर्यादित शब्द प्रति प्रदेश लेखा समुहले आपत्ति जनाएका छन् ।
लेखा समुहका कर्मचारीहरुले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको प्रदेश लेखा सुमुहका अध्यक्ष जितेन्द्र प्रसाद यादवले बताए ।

उनले विगत केहि समयदेखि वन सेवाका कर्मचारीहरु आफ्नो कम्जोरी लुकाँदै लेखा समुहका कर्मचारीमाथि थुपार्ने गरेको आरोप लगाए ।
‘वन निर्देशनालयमा जिम्मेवारी तोकिएका लेखा समुहका कर्मचारीले नियमित रुपमा आर्थिक प्रशासन सम्बन्धित कामकाज गर्दै आइरहेको छ । सोही अन्तर्गत २०८३ साल श्रावण र भाद्र महिनाको पारिश्रमिक र चाडपर्व खर्च भुक्तानी गरेपनि सम्बन्धित वन निर्देशकले नै तत्कालीन लेखा प्रमुखलाई कामकाजमा बन्देज लगाई ३ महिनाको पारिश्रमिक भुक्तानी नगरेको भनी अनावश्यक अतिरञ्जना सिर्जना गरी मन्त्रालयमा होहल्ला गरेको ज्ञापनपत्रमा भनिएको छ,‘ वन निर्देशनालयमा २०८२÷६÷७ गते सरुवा भएका लेखा कर्मचारीलाई प्रदेश निजामती सेवा नियमावली २०७९ को नियम ३९ को उपनियम २ ‘ख’ बमोजिम रमाना दिनुपर्ने जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखको रहेकोमा सो जिम्मेवारी पूरा नगर्ने कार्यालय प्रम्ुखलाई कारबाही गर्नुपर्नेमा सो नगरी पूर्वाग्रही तरिकाले सहायकस्तरका कर्मचारीलाई बिना रमाना हाजिर हुन जानको लागि धम्कयाउने, गालीगलोज गर्ने कार्यप्रति हामी घोर भत्र्सना गर्दछौं ।’






