मिथिला सागर ‘पोखरिया’ मा बृहत सरसफाइ कार्यक्रम

धनुषा। धनुषाको मिथिला नगरपालिका-७ केमलीपुरस्थित मिथिला सागर ‘पोखरीया’ मा बृहत सरसफाई तथा जनचेतना कार्यक्रम गरिएको छ ।

मिथिला जलवायु परिवर्तन पैरवी समुहको आयोजना तथा मिथिला नगरपालिका ढल्केवर र लियो क्लब अफ मिथिला आदर्शको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको कार्यक्रमका संयोजक दिपेश कुमार सिंहले बताए ।

पर्यटकीय दृष्टिकोणले हराभरा रहेको मिथिला सागर पोखरीया’ विगत केही वर्षदेखि कुरुप बन्दै गएकोमा स्थानिय संघ संस्थाहरु बेला-बेला हातेमालो गर्दै सरसफाई कार्यक्रमको आयोजना गर्दै आएको कुरा लियो क्लब अफ मिथिला आदर्श ढल्केवरका अध्यक्ष समेत रहेको कार्यक्रमका संयोजक दिपेश कुमार सिंहले बताए ।

वहाँका अनुसार ‘मिथिला सागर पोखरीया’ लाई केन्द्रबिन्दु बनाएर सरसफाई कार्यक्रम गरिएको छ। पोखरीको चारैतिर सरसफाई कार्यक्रम गरेर डस्टबिन राखिएको छ । र सरसफाई कार्यक्रमलाई निरन्तरता दिने समेत बताए ।

उक्त बृहत सरसफाई कार्यक्रममा मिथिला नगरपालिका -७ का वाडा अध्यक्ष राम बहादुर स्याङदन ईलाका प्रहरी कार्यालय ढल्केवर, हाम्रो युवा क्लव ढल्केवर, मिथिला नगर बाल सञ्जाल ढल्केबर र न्यु होराइजन ईङगलिस बोडिङ्ग स्कुल लगायत स्थानिय वातावरण अभियन्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
    ट्याग: