युएई सरकारद्वारा २ सय ७६ नेपालीलाई आममाफी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) काे अवसरमा २ सय ६७ जना नेपाली बन्दीलाई आममाफी दिएकाे छ ।

यूएई सरकारकाे उक्त निर्णय पछि नेपाल सरकारले कृतज्ञयता व्यक्त गर्दै यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै सहराहना गरेकाे छ ।

उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटकपटकको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले गरेको आममाफीको निर्णय गरेको सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् ।

प्रतिक्रिया