पाकिस्तानले टी–२० विश्वकपमा भारतसँग नखेल्ने

भारत । पाकिस्तानले आइसीसी टी–२० विश्वकप प्रतियोगितामा भारतसँग हुने खेल बहिष्कार गरेको छ ।

आउँदो ७ फरवरीबाट सुरु हुने विश्वकप प्रतियोगिता अन्तर्गत भारतविरुद्धका खेलहरू पाकिस्तानले बहिष्कार गर्ने निर्णय गरेको छ । भारत र पाकिस्तानबीचको पहिलो खेल १५ फरवरीमा हुने तालिका छ ।

सन् २०२६ को आइसीसी टी–२० विश्वकप भारत र श्रीलङ्काले संयुक्त रुपमा आयोजना गर्न लागेको छ ।

पाकिस्तान सरकारले एक्समा लेखेको छ, “इस्लामी गणराज्य पाकिस्तान सरकारले पाकिस्तान क्रिकेट टीमलाई आईसीसी टी–२० वल्र्ड कप २०२६ मा भाग लिन अनुमति दिएको छ । तर, पाकिस्तान क्रिकेट टीम १५ फरवरी २०२६ मा भारतविरुद्ध हुने भनिएको निर्धारित खेलका लागि मैदान उत्रने छैन ।”

गत साता पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का चेयरमैन मोहसिन नकवीले प्रधानमन्त्री शहबाज शरीफसँग परामर्श गर्दै भनेका थिए, ‘प्रधानमन्त्रीले सबै विकल्पमाथि विचार गरेर समस्या समाधान गर्नका लागि निर्देशन दिनु भएको छ ।’

यसअघि बङ्गलादेशले सुरक्षा कारण देखाउँदै भारतमा हुने टी–२० वल्र्ड कपका खेल खेल्नबाट अस्विकार गरेको थियो । बङ्गलादेशले प्रतियोगितामा सहभागीता नजाउने भएपनि स्कटल्यान्डलाई मौका दिइएको छ ।

प्रतिक्रिया