नेशनल भोलन्टियर फोर्स धनुषाको कमाण्डरमा राजन

जनकपुरधाम। नेकपा एमालेको भातृ संगठन नेशनल भोलन्टियर फोर्स धनुषाको कमाण्डरमा राजन कुमार यादव चयन भएका छन्। उनको नेतृत्वमा ३६ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ।

सोमबार जनकपुरधाममा सम्पन्न बैठकमार्फत फोर्सको जिल्ला संरचना घोषणा गरिएको हो। फोर्सका केन्द्रीय हेडक्वाटर कमाण्डर सदस्य लभ अधिकारीले जिल्ला समन्वय फोर्सको औपचारिक घोषणा गरे।

नवगठित समितिमा अनित यादव र बिरेन्द्र यादव सहायक कमाण्डर रहेका छन्। केन्द्रीय हेडक्वाटर कमाण्डर अधिकारीले पदाधिकारी तथा सदस्यहरूलाई सपथग्रहण गराएका थिए।

सो अवसरमा अधिकारीले नेपाली जनताको सुरक्षाका लागि देशभर संगठन विस्तार गरिने बताए। धनुषामा पहिलो पटक जिल्ला फोर्स गठन गरिएको उल्लेख गर्दै उनले देशभित्र भइरहेका विदेशी चलखेलविरुद्ध युवाहरूलाई एकजुट हुन आह्वान गरे।

जिल्ला कमाण्डर यादवले फोर्सलाई टोल–टोलमा सुरक्षा दस्ताका रूपमा विस्तार गर्दै लैजाने जानकारी दिए।

प्रतिक्रिया