भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री बालेनलाई बधाई

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्।

शुक्रवार प्रधानमन्त्री शाहको नियुक्ति एवं शपथ ग्रहणपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।

उनके लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा नियुक्त बालेन्द्र शाहलाई हार्दिक बधाई। तपाईंको नियुक्ति नेपालका जनताले नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब हो। दुई देशका जनताको पारस्परिक हितका लागि भारत-नेपाल मैत्री र सहकार्यलाई अझ उचाइँमा पुर्‍याउन नजिकबाट सहकार्य गर्न हेरिरहेको छु,’ उनले भने।

प्रतिक्रिया
    ट्याग: