नेपाली चलचित्र जगतका नायक पल र गायिका समीक्षाको सम्बन्ध विवाद अब प्रहरीमा

काठमाडौ । यतिबेला मनोरञ्जन जगतमा नायक पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्ध चर्चाको विषय बनेको छ ।

केही समयअगाडि पलसँग सम्बन्धमा रहेको कुरा सार्वजनिक भएपछि समीक्षाले सामाजिक सञ्जालमार्फत सबै कुरा भ्रामक भएको बताएकी थिइन् । फेरि पछि उनले ती कुरालाई खण्डन गर्दै वास्तविकता अरू नै भएको र आफूले कुनै दिन सबै कुरा सार्वजनिक गर्ने प्रतिबद्धता जनाइन् ।

अहिले केहि सञ्चार माध्यममा सार्वजनिक भएको उनीहरूको अन्तरङ्ग सम्बन्धका केही अडियोहरू चर्चामा छन् । सोमवार सार्वजनिक भएको अडियोमा समीक्षाले आफूलाई पल शाहले प्रेममा फसाएको र आफूहरूबीच शारीरिक सम्पर्क समेत भएको बताएकी छन् ।

त्यस्तै पल शाहको सार्वजनिक भएको एक अडियोमा भने पलले समीक्षालाई अस्वीकार गरेको भनाइहरू छन् । तर, मङ्गलबार पलले सामाजिक सञ्जालमा उक्त अडियोमा भएको स्वर आफ्नो नभएको दाबी गरेका छन् ।

के भनेकी छिन् समिक्षाले अडियोमा ?

समिक्षाले पलले गरेको केयरका कारण उनीसँग प्रेम सम्बन्धमा परेको बताउँदै १६ वर्षको उमेरमा नै आफूहरूबीच शारीरिक सम्पर्क भएको पनि बताएकी छन् ।

आफूले अस्वीकार गर्दा पनि पलले भरोसा दिलाएर शारीरिक सम्पर्क गरेको पनि उनको दाबी छ । ‘पोखराको एक होटेलमा उसले मलाई छुन खोज्यो,’ उनले भनेकी छन्, ‘के गरेको लाज लाग्दैन भनेर प्रश्न गर्दा म तिमीलाई मन पराउँछु भनेर नजिक आयो । तर, म टाँढिएपछि ऊ अर्कै बेडमा सुत्यो ।’

पछिपछि केयर गर्ने र बारम्बार सम्पर्क गर्ने भएपछि आफू पनि पलसँग कुरा गर्न थालेको बताउँदै उनले भनिन्, ‘कुराकानी निरन्तर हुन थालेपछि प्रेम सम्बन्धमा परे । एक वर्षपछि उसको योजना सफल बन्यो र उसले मलाई इग्नोर गर्न थाल्यो ।

यस्तो छ पल शाहले गरेको खण्डन

त्यसपछि मैले मेरो परिवारमा यो कुरा सुनाए । पछि पल, मेरो परिवारबीच छलफल भयो । पहिले उसले समीक्षा गर्भवती भएको छैन, प्रेमी–प्रेमिकाबीच यो स्वाभाविक हो भन्यो । तर, मेरो परिवारले उसलाई स्वीकार्न अनुरोध गरेपछि दुई वर्षपछि बिहे गर्ने कुरामा सहमति जनायो ।


आदरणीय पत्रकार तथा मेरा दर्शकहरू महानुभावहरूमा नमस्कार ।
लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहि दर्शकहरुले एक कुशल अभिनेताको रुपमा मन मुटुमा सजाउनु भएको प्रति म सदैव कृतज्ञ छु । मेरा हरेक कृयाकलाप र प्रस्तुतिहरुलाई यहाँहरूले अत्याधिक मन पराउनुको परिणाम स्वरुप म आज यो स्थान आईपुगेको छु । अझै पनि कडा सङ्घर्षकैबीच आफूलाई यहाँहरू समक्ष उभिएको छु भन्न कत्ति पनि हिच्किचाउदिन । त्यसका बाबजुद्ध समाजलाई सकरात्मक बाटो तर्फ उन्मुख गराउने प्रकारका गतिविधि र खदिलो, दरिलो मनोञ्जनात्मक प्रस्तुतिहरु लिएर आउने प्रण पनि गर्दछु । तर नेपाली समाज भित्र सङ्घर्ष गर्न अनेकन बाधा र अडचनहरु आउने रहेछ । त्यस मध्येमा कतिपय कृतिम समस्या खडा गरि एउटा सङ्घर्षको चरणमा रहेको कलाकारलाई बारम्बार प्रहार हँुदा नमिठो अनुभुती भने पक्कै हुँदो रहेछ ।

विगत केहि समय यता मसँग एक जना गायिकाको नाम जोडेर केहि अनलाईन सञ्चार माध्यमहरुमा “रियल हिरो कि प्ले ˗ब्वाई῎भन्ने जस्ता शिर्षक, मेरो अन्य महिला साथीहरूकोे मञ्जुरी र अनुमति वेगर निजहरुको समेत तस्विर राखी बनाईएको रिर्पोट र अन्य विभिन्न भ्रामक शिर्षक राखी आपत्तिजनक शब्दहरू प्रयोग गरी तथ्यविहिन लाल्ञ्छना लगाई मेरो तथा निज गायिकाको समेत व्यवसायिक एवं व्यक्तिगत जीवनमा धक्का पुग्ने गरी प्रकाशित र प्रसारित भएको रिर्पाट, अडियो तथा समाचारहरु प्रति मेरो गम्भिर ध्यानाकर्षण भई सो बारेमा मेरा दर्शक, शुभचिन्तकहरूलाई सत्य तथ्य उजागरण गर्ने मनसायसाथ यो अपिल जारी गरेको छु ।

नेपालको संविधानले पुर्ण प्रेस स्वतन्त्रताको प्रत्यभुति गरेको हुँदा सत्यतथ्य समाचार प्रकाशन र प्रसारण गर्न नेपाली सञ्चार जगत स्वतन्त्र रहेकोमा विवाद छैन । विगतमा पनि नेपाली प्रेसले विधिको शासन र नागरिक स्वतन्त्रताको पक्षमा अनुकरणी भुमिका खेलेको गौरवमय इतिहास छ । तर, यस्तो इतिहास बोकेको प्रेस जगतका केहि सञ्चार माध्यम एकाङ्की र गैरजिम्मेवार भएको पाउँदा मलाई दुःखी तुल्याएको छ । म र मसँग नाम जोडेर समाचार प्रकाशित गर्दा, मेरो स्वतन्त्र प्रेसले मलाई एक वचन सोध्ने वा मेरो भनाई राख्न दिने अवसर पनि नदिएको हुँदा आम जन मानसमा सत्य उजागर गर्न यो अपिल प्रकाशित गर्न बाध्य भएको छु ।

एक अविवाहित गायिका, नायिका र उच्च शिक्षा पढ्दै गरेकी कसैको छोरी चेलिबेटीको नाम र तस्वीर समेत सार्वजनिक गर्दै मसँग हुदै नभएको प्रेम र विवाहका समाचार बनाएर हाम्रो चरित्र हत्या गर्न कुनै पनि मिडियालाई छुट हुँदैन, हुनु हुँदैन । आम सञ्चार माध्यममा प्रकाशित यस किसिमका भ्रामक समाचारले म तथा अन्य नारी कलाकारहरूको व्यक्तिगत जीवनमा कस्तो नकारात्मक असर पर्छ त्यसको अनुमान समेत गर्न सकिँदैन । उनीहरूको वर्तमान र भविष्यलाई नै अन्धकार बनाउने किसिमका उल्लेखित समाचारहरुले नेपाली प्रेस जगतको श्रीबृद्धिमा पक्कै पनि सहयोग गर्दैन । अनलाईन माध्यमहरूमा प्रकाशित समाचार र अडियो रेकर्डहरु हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको छु । प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भएतापनि उक्त आवज मेरो हो भन्नेमा पुर्ण शङ्का रहेको, प्रविधिको कुटिल प्रयोग मार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढङ्गबाट प्रयोग गर्न सकिने कुरा सामान्य भईसकेको छ । यहाँ पनि फरक प्रसँग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरूलाई हाम्रो बास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केहि पुरुष सहकर्मी (व्यवसायीक प्रतिस्पर्धि) ले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ । मेरा सम्पुर्ण दर्शक महानुभावहरूको म प्रतिको भरोसालाई अक्षुण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धी साथीहरूले उकासेको अडियो लगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ती सवुत प्रमाणहरू आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिवद्धता व्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखि समाचारहरू वास्तविकता भन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु । अन्तमाः तपाईहरुको अगाध माया र प्ररेणाले मलाई सत्य र निष्ठाको मार्गबाट कहिले पनि बिचलित हुन दिने छैन र विचलित समेत हुने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।

यो विवाद यतिमा मात्रै रहेन अब प्रहरीमा पनि पुुगेको छ । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ ।

एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।

यदि सहमतिमै शारीरिक सम्बन्ध भएको ठहरिएमा के होला ?

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ । तर, जाहेरी दिनेको नाम भने खुलाइएको छैन ।
समीक्षाको अडियोलाई नै आधार मान्ने हो भने उनी १६ वर्षको हुँदा उनीहरूबीच शारीरिक सम्पर्क भएको देखिन्छ । नाबालकले के सही के गलत भनेर छुट्ट्याउनका लागि निर्णय गर्न सक्दैन । त्यसैले शारीरिक सम्बन्धका लागि उनीहरूले गरेको निर्णयलाई नेपालको कानुनले अबोधताको दृष्टिले हेर्छ ।

यदि पल र समिक्षाको शारीरिक सम्बन्ध भएमा समीक्षा एक अबोध बालिका हुन् भने पल सही–गलतको निर्णय लिन सक्ने एक परिपक्व व्यक्ति हुन् । यो घटनाको मुद्दा दर्ता भएमा पललाई नाबालिका बलात्कारी ठहर गरी जेल पठाइन्छ भने समीक्षालाई मानसिक साथै यौन र प्रजनन शिक्षा र सचेतनासम्बन्धी परामर्शका लागि पठाइन्छ ।

नेपालको संविधानमा करणी सम्बन्धी कसूरमा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ ।

प्रतिक्रिया
नागरिक मिरर