रुस र युक्रेनबीचको विवाद द्वन्द्वमा परिणतः रुसको सर्वत्र आलोचना, नेपाली भने उद्दारको पर्खाइमा

काठमाडौं । रुस र युक्रेनबीचको विवादले अब युद्धको रुप लिएको छ । करिब ११ महिना अघि सुरु भएको युद्धको आशङ्का अब वास्तविक रुपमा परिवर्तन भएको छ । रुसले आजबाट युक्रेनमाथि आक्रमण सुरु गरेको छ । जसका कारण युक्रेनको अवस्था तनावग्रस्त बनेको छ भने रुसको आलोचना भइरहेको छ ।

गत वर्षको अप्रिलबाट चर्किएको वाक युद्ध अब अस्त्र युद्धमा परिणत भएको छ । रुसले आज बिहानैदेखि युक्रेनमाथि गरेको आक्रमणमा ६० जनाको मृत्यु भइसकेको छ भने दर्जनौं घाइते भएका छन् । रुसले युक्रेनस्थित विमानस्थल, राजधानी किभ लगायतका क्षेत्रमा हवाई आक्रमण गरिरहेको छ । रुस र युक्रेनबीच सुरु भएको युद्धका कारण विश्व जगत नै तरङ्गित भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले गरेको कारबाहीको कुनै कारण नभएको र यो अनुचित भएको बताउनुभएको छ भने बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले रुसको यो आक्रमण युरोपका लागि सह्य नहुने र यसको जवाफ दिने बताउनुभएको छ । नेटोले पनि रुसले युक्रेनमाथि गरेको आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको बताएको छ । कानूनतः रुस राष्ट्र सङ्घीय सुरक्षा परिषदको सदस्य भएका कारण उसले आक्रमण गर्न मिल्दैन । तर, रुसले कानूनको उल्लङ्घन गर्दै युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्व समुदायले त्यसको निन्दा गरेको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रसले मानवताका आधारमा रुसलाई आफ्नो सैनिक फिर्ता बोलाउनका लागि अपिल गर्नुभएको छ ।

यता, रुसको समर्थनमा रहेको चीनले भने रुसले कुनै आक्रमण नगरेको दाबी गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङ्ले युक्रेनको मुद्दा जटिल भएको र हालसम्म रुसको तर्फबाट कुनैपनि आक्रमण नभएको बताउनुभएको छ ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै विश्व तेल बजारमा मूल्य आकाशिएको छ भने अर्थ बजारमा पनि प्रभाव परेको छ । युक्रेनको सीमामा रहेका युक्रेनी सेनाले रुसी सेना मुलुकका विभिन्न सहरमा प्रवेश गरिसकेको बताएको छ ।

युक्रेन र रुसबीचको विवाद ९ वर्ष अघि सुरु भएको हो । कुनै बेला शोभियत सङ्घको सदस्य रहेको युक्रेनले रुस समर्थित राष्ट्रपतिलाई पदबाट हटाएपछि दुई देशबीच विवाद सुरु भएको मानिन्छ । सन् २०१३ मा युक्रेनका तत्कालिन राष्ट्रपति भिक्टर यानुकोभिचलाई रुसको समर्थन थियो भने अमेरिका, बेलायत विरोधमा थियो । सन् २०१४ मा राष्ट्रपति यानुकोभिच विरोधको सामना गर्न नसकेर देश छोडेर भाग्नुप¥यो ।

https://www.facebook.com/nagarikmirror/posts/151713737231987?__cft__[0]=AZW77FYsBRi6FxWnoW5y66CUyjXa6GJz3rziOVvgacAMJHyaJPxkg0SC7zgzLMnFKMcKYyCY_tOMfyvGMnruzHPlwGKdwRbZGqiCsDMLZCPUDl5bSO1crC39F7fZkAmbdCwUuz_AUu7B-RzZPXc1LEA6HZSyI5rsQ_95ahwE6onMec-wx7IXi4BmBiL-uVr-lSo&__tn__=%2CO%2CP-R

आफू समर्थित राष्ट्रपतिले देश छाडेपछि रुसले युक्रेनको दक्षिणी भाग क्रिमियामाथि कब्जा ग¥यो र फरक मत राख्नेको पक्षमा उभियो । जानकारहरू त्यहि बेलादेखि रुस र युक्रेनबीच विवाद सुरू भएको ठान्छन् । सन् २०१५ मा फ्रान्स र जर्मनीले बेलारुसको राजधानी मिन्स्कमा रुस–युक्रेनबीच शान्ति सम्झौता गराउँदै सङ्घर्ष विरामको सहमति बन्यो । तर, रुसले सम्झौताको उल्लङ्घन गर्दै आएको युरोपको आरोप छ ।

१९४९ मा शोभियत सङ्घसँग प्रतिस्पर्धा गर्न गठित नेटो सेना (जहाँ अमेरिका, बेलायतसहित विश्वका ३० मुलुक आवद्ध छन्) रुसले यसको विरोध गर्ने गरेको छ । युक्रेन नेटोको सदस्य नभए पनि उसको समर्थन छ, जुन रुसलाई चित्त बुझेको छैन ।

रुस र युक्रेनबीच देखिएको तनाव बढेर युद्धको रुपमा परिणत भएका कारण त्यस क्षेत्रमा बसोबास गर्ने युक्रेनी र रुसी नागरिक मात्रै होइन अन्य मुलुकका नागरिक पनि त्रसित बनेका छन् । उनीहरूले उद्दारका लागि आफ्ना सरकारसँग आग्रह गरको छन् ।

युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले २ महिना अघिदेखि नै चेतावनी दिँदै आएको थियो । तर, रुसले भने अमेरिका र नेटो सहयोगी मुलुकलाई युक्रेनलाई सहयोग गरेको भन्दै आलोचना गर्दै आएको र आफ्नो देशको नीति युद्ध नरहेको बारम्बार बताउँदै आएको थियो । तर, रुसले आफैले भनेका कुरालाई रुसले झूठो साबित गरेपछि सर्वत्र आलोचना भइरहेको छ ।

रुसले यदि युक्रेनमाथि आक्रमण गरेका कारण अब त्यसको प्रभाव साना मुलुकलाई पर्ने जानकारहरू बताउँछन् । युक्रेनको समर्थनमा अमेरिका, बेलायत, अस्ट्रेलिया लगायतका ठूला शक्ति राष्ट्र लागेका छन् । उनीहरूले युक्रेनलाई युद्धमा सहयोग गर्दा ठूलो आर्थिक भार पर्न सक्छ । जसले गर्दा साना मुलुकलाई प्राप्त हुने सहयोग र अनुदानमा प्रभाव पर्न जान्छ । जसले विकासका काम प्रभावित हुनेछन् ।

युक्रेनमा नेपालीको के छ अवस्था ?


युक्रेनमा कति जना नेपाली छन् भनेर हालसम्म सरकारले सार्वजनिक गरेको छैन । तर, युक्रेनमा रहेका मिलन खत्रीका अनुसार भने झन्डै १२ सय जना नेपाली बसोबास गर्दै आएका छन् ।

नागरिक मिररको सम्पर्कमा आएका खत्रीले नेपालीको अवस्था कस्तो छ भनेर यकिन कसैले भन्न सकेका छैनन् । कारण, युद्धले गर्दा कतिपय क्षेत्रमा सम्पर्क विच्छेद भएको छ । खत्रीसहित २३ जना अहिले युक्रेनको एक मेट्रो स्टेशनमा छन् । अध्ययनका लागि युक्रेन पुगेका खत्रीसहित ती सबै नेपाली त्यहाँबाट निस्कनका लागि रेलको प्रतिक्षामा छन् ।

उनका अनुसार हालसम्म उद्दारका लागि कसैको कुनै सूचना वा सम्पर्क आएको छैन । जसले गर्दा आफूहरू विचल्लीमा परेको उनको भनाइ छ ।

यता, परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्दा परराष्ट्र मन्त्री डा.नारायण खड्काले आफूहरू छलफलमा रहेको र युक्रेनमा रहेका नेपालीको उद्दारका लागि कसरी सहज हुन सक्छ भन्ने विषयमा कुराकानी भइरहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
नागरिक मिरर