नेकपा एमालेका अध्यक्ष ओली रिहा

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रिहा भएका छन् ।

रिहा भएका ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्नका लागि गठित आयोगले गरेको सिफारिसको आधारमा उनलाई प्रहरीले गत चैत १४ गते गुण्डुस्थित निवासबाट गिरफ्तार गरेको थियो ।

बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ ।

ओली गिरफ्तार भएपछि पत्नी राधिका शाक्यले गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीवारभित्र टुंग्याउन आदेश दिँदै बिहीवारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया