काँग्रेस धनुषालाई मेरो नेतृत्त्वको आवश्यकता छ : नेता यादव [भिडियो अन्तवार्ता]

जनकपुरधाम । नेपाली काँग्रेसको जिल्ला अधिवेशन अन्तर्गत धनुषाको अधिवेशन अझै हुन सकेको छैन । विभिन्न विवाद र बहाना देखाएर पाँच पटकसम्म जिल्ला अधिवेशन सरिसकेको छ । जसका कारण जिल्ला सभापतिका उम्मेदवारहरूको चुनावी रणनीति नै प्रभावित बनेको छ । तर, जित सुनिश्चितका लागि भने उम्मेदवारहरू लागि रहेका छन् ।

काँग्रेस जिल्ला सभापतिका लागि उम्मेदवार बनेका नेता सन्तोष यादव वर्तमान उपसभापति छन् । नागरिक मिरर डटकमसँगको कुराकानीमा उनले धनुषालाई मेरो नेतृत्त्वको आवश्यकता रहेको बताएका छन् ।

काँग्रेस धनुषाका उपभापति तथा हाल कार्यबाहक सभापति समेत रहेका यादवले आफू जिल्ला सभापतिका लागि सक्षम व्यक्ति रहेको र विद्यार्थी जीवनदेखि नै लागि रहेकाले सभापतिमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

हालसम्म ३ पटक पार्टीका जिल्ला सदस्य, सचिव र उवर्तमानमा पार्टीको उपसभापति समेत रहेको हुँदा नेतृत्त्वको लागि आफू सक्षम रहेको बताए ।

पार्टीको लागि पटक पटक गरी जेलसमेत बसेका उनी नेतृत्वमा पुग्दा लगत्तै हुने तीनै तहको निर्वाचनमा पनि नेतृत्त्वदायी भुमिका निर्वाह गर्न सक्ने बताए ।

यसअघि १३ औं अधिवेशनमै सभापतिको दाबी गरेपनि उनीभन्दा पुरानो अगुवा नेतालाई सहमतिको आधारमा आफूलाई उपसभापतिको जिम्मेवारी दिईएको थियो । त्यस्तै अहिलेको अवस्थामा पार्टीमा पुरानो र जेष्ठताका आधारमा पनि अगाडी रहेको हुँदा पार्टीको नेतृत्व मलाई दिनुपर्ने बताउँछन् ।

भिडियोमा सुनौं यादवको कुरा :

प्रतिक्रिया
नागरिक मिरर