मिथिलाका मेयर महेन्द्र महतोले दवंगगिरी देखाएको आरोप, अदालतलाई पनि अवहेलना गर्दै कोमल होटलमा डोजर लगाउने प्रयास(आदेशसहित)

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले दवंगगिरी देखाएको आरोप लागेको छ। पटक पटक विवादित हुँदै आएको तथा नगरपालिकालाई पनि विवादरहित बनाउँन नसकेका उनले अब व्यापारीलाई दुख दिन थालेका हुन्।
गलतै एवं स्वार्थनिहित गतिविधिमा लागेपछि पार्टीबाट पनि कारवाही भोगेका उनले अब स्थानीय व्यापारीलाई दुःख दिन लागेका हुन् । सार्वजनिक सम्पत्ति तथा सडक अतिक्रमण मुक्त गर्ने बहानामा उनले व्यापारी खेद्न लागेको आरोप लागेको छ। संघ तथा प्रदेश सरकारले व्यापारीलाई अनावश्यक दुख नदिन भनेपनि स्थानीय सरकारको शक्तिको दुरुपयोग गर्दै उनले व्यापारीलाई दुःख दिन लागेको आरोप धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरस्थित कोमल होटलका संचालक प्रमोद साहले लगाएका छन्।
बुधवारदेखि लगातार मेयरले बल प्रयोग गरी उक्त होटेलमा जवरजस्ती डोजर लगाएर तोडफोडको प्रयास गरेको उनको आरोप छ।
आफ्नै निजी नम्बरी जग्गामा नक्सा पास गरी बनाइएको पाँचतल्ले होटलमा सडक तथा नाला निर्माणको नाममा मिथिला नगरपालिका, सडक डिभिजन कार्यालय लगायतले डोजर लगाउन खोजेको होटेलका संचालक साहको आरोप छ ।
आफ्नो निजी सम्पति कि.नं. ६३३ र ६८१ मा नक्सा पास गरी बनाएको पाँच तल्ले भवन बिना सहमति नगरपालिका लगायत निकायले तोडफोग गर्न खोजेको भन्दै जग्गाधनी उनका बुबाआमा देवनारायण साह सुडी र कोमल कुमारी देवीको उच्च अदालत पुगेका थिए ।
सो निवेदन उपर सुनुवाई गर्दै मुख्य न्यायाधीश श्रीकान्त पौडेल र न्यायाधीश नर बहादुर खड्काको संयुक्त इजलासले विपरक्षीहरुको नाममा निषेधाज्ञा जारी गरेको छ । सम्पत्ति सम्बन्धी अधिकार नागरिकको मौलिक अधिकारसँग जोडिएको उल्लेख गर्दै राज्य वा उसका निकायले कानूनी प्रक्रिया र उचित क्षतिपूर्ति विना निजी सम्पत्तिमा हस्तक्षेप गर्न नमिल्ने अदालतको ठहर छ । सार्वजनिक संरचना निर्माण गर्दा सम्भव भएसम्म निजी जग्गामा असर नपर्ने गरी गर्नुपर्ने आदेशमा उल्लेख छ ।
अदालतले बाटोको मध्यविन्दुबाट दुवैतर्फ बराबर जग्गा लिएर मात्र नाला निर्माण गर्न सकिने, अन्यथा एकतर्फी रूपमा निवेदकको जग्गामा मात्र काम गर्न नपाइने आदेश दिएको छ ।
विपक्षीहरु मिथिला नगरपालिका नगर कार्यपालिकाको कार्यालय, नगर प्रमुख महेन्द्र महतो, प्रमुख प्रशासकिय अधिकृत, डिभिजन कार्यालय धनुषा मुजेलिया, डिभिजन कार्यालय प्रमुख लगायतको नाममा निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा बाबजुद आफ्नो निजी सम्पतिमा तोडफोड गर्ने प्रयास भए अदालतको अब्हेलना मुद्दामा विपक्षीहरुमाथि कारबाहीको लागि कुनै कसर बाँकी नराख्ने संचालक साहले बताए ।
‘उहाँले पावर देखाइरहनुभएको छ, होटल संचालक साह भन्छन्, व्यक्तिगत हामी उपर शक्तिको दुरुपयोग गरिरहनुभएको छ। जुन मेरो लागि मात्रै होईन कसैको लागि ठिक होइन। एउटा व्यापारीको लागि त अझ होइन ।’ उहाँको कारणले म मात्रै होइन धेरै स्थानीय व्यापारीहरु पीडित हुनुभएको छ।
उनले अदालतले पनि मेयर महतोले नमानेको बताएका छन्। उहाँ अहममा हुनुहुन्छ र अदालतको आदेश पनि मान्ने मुडमा हुनुहुन्छ। कानूनी राज्यमा यसरी अहमता देखाउनु जोसैको लागि पनि ठिक होइन, संचालक साहले भने।
संचालक साहले अदालतको आदेश, स्थानीयहरुबीच छलफल गरी नगरपालिका निष्कर्षमा पुग्नुपर्छ। तर मेयर साब त्यो मनसायमा पनि नरहेको बताए ।
मेयरको यी निर्णय विरुद्ध स्थानीयहरु विरोध गर्दै उनको घर घेराउ गरेको बताइएको छ। पछि स्थानीय प्रहरी प्रशासनको सहयोमा सो अवस्था साम्य भएको बुझिएको छ।
यस्तो छ अदालतको निषेधाज्ञा आदेश






