मधेश सरकारको मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालयकाे जिम्मेवारी ?

जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभले पाँच जना मन्त्री नियुक्त गरेका हुन् ।
जस अनुसार नेकपाका युवराज भट्टराईलाई अर्थ, नेकपा एमालेका मोहम्मद समिरलाई भौतिक, शारदा देवी थापालाई श्रम तथा यातायात, लखन दासलाई युवा तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मनोज सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रीमा नियुक्त भएका छन् ।
यस्तै कांग्रेसबाट स्वास्थ्यमा नगेन्द्र शाह नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रतिक्रिया






