स्टार्टअप र साना तथा मझौला उद्यमलाई सहज बनाउन एकीकृत प्लेटफर्म

काठमाडौँ । सरकारले स्टार्टअप र साना तथा मझौला उद्यमलाई सहज बनाउन एकीकृत प्लेटफर्म बनाउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले नयाँ आर्थिक वर्षको बजेटमार्फत सरकारले स्टार्टअप, साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम एकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मका रुपमा ‘नेपाल इन्टरप्राइज फेसिलिटी’ स्थापना गर्ने बताए ।

अर्थमन्त्री स्वर्णिम वाग्लेका अनुसार, यो प्लेटफर्मले उद्यमसम्बन्धि नीतिगत व्यवस्था गर्नेछ । नवीन वित्तिय उपकरणको पहिचान र पहुँचसहित स्टार्टअप गर्नेलाई इनक्युबेसनसहितको सहयोग सञ्जालमा जोड्नेछ ।

साथसाथै स्वदेशी उद्यम अभियानलाई एकीकृत रुपमा अगाडि बढाउन यो प्लेटफर्मले भूमिका खेल्ने वाग्लेले बताए । त्यस्तै, स्टार्टअप सुविधा उपलब्ध गराउने बताउँदै वाग्लेले थप भने, ‘कृषि एवं पशुजन्य उद्यम गर्न चाहने एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउने छौँ ।’

प्रतिक्रिया
    ट्याग: