क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

काठमाडौँ । कर्ण कायस्थ महिला समाजले स्वर्गीय वसुधा कर्णको तेस्रो पुण्यतिथिको अवसरमा क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौँ क्यान्सर सेन्टरको सहकार्यमा आयोजित उक्त सचेतनामुलक कार्यक्रममा क्यान्सरलाई लिएर महिला र परिवारका सदस्यहरू सचेत हुनुपर्ने बारेमा बताइएको थियो ।
समाजकी अध्यक्ष पुनम दासले स्वर्गीय कर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै क्यान्सर सम्बन्धी सचेतना अभियानमा महिलाहरूलाई सहभागी हुनका लागि आग्रह गरिन् । उनले महिला स्वस्थ भएमा परिवार र समाज पनि स्वस्थ हुने बताइन् ।

क्यान्सरको रोकथाम, शिघ्र पहिचान र समयमै उपचार गराएमा क्यान्सरबाट निको हुन सकिन्छ भन्ने बारेमा काठमाडौँ क्यान्सर सेन्टरका प्रतिनिधिले अवगत गराएका थिए ।
कार्यक्रममा कमलेश कुमार लालले सकेसम्म यस्तो सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिने बताए । त्यस्तै विमलेश कर्णले क्यान्सर पिडीतलाई सहयोग गर्नका लागि ठोस योजना बनाएर आगामी दिनमा अघि बढ्ने बताए ।

त्यसैगरी, समाजका नागेन्द्र लाल र सुमिता कर्णले श्रद्धाञ्जली अर्पण गर्दै समाजले गर्दै आएको कामको प्रशंका गरेका थिए ।






