जनकपुर साहित्य महोत्सवको तेस्रो संस्करण आजदेखि सुरु

जनकपुरधाम । जनकपुर साहित्य महोत्सवको तेस्रो संस्करण आजदेखि सुरु भएको छ । बिहीबार जानकी मन्दिरको प्राङ्गणमा दिउँसोदेखि तीन दिवसीय महोत्सव सुरु भएको हो ।

नव मिथिला फाउडेसनको आयोजनामा भइरहेको महोत्सवमा पहिलो दिन चारवटा सत्र गरिएको छ । उद्घाटनसत्रपछि ‘माई जनकपुरधाम’ विषयमा उत्कृष्ट पाँच विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता भएको छ । दोस्रो सत्रमा मधेशको संस्कृति झल्किने ‘झरी–झरी’ नृत्य प्रर्दशन भएको छ भने तेस्रो सत्रमा लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाको ‘मधेशमा सहित्य र म’ विषयमा एकल वाचन भएको छ । चौँथौ सत्रमा कुटुम्ब समूहको साङ्गितिक प्रर्दशन भएको छ ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले जनकपुर साहित्य महोत्सवले वौद्धिक जमघट गराएको बताए । महोत्सवले समाजिक, राजनीतिक र जातजातिका उत्थानका लागि बहस गरी परिवर्तन गर्ने उनले विश्वास लिए । “महोत्सवले भाष, संस्कृति र साहित्यलाई संसारमा चिनाउने काम भइरहेको छ,“ राउतले भने ।

विद्धानहरूको स्थल जनकपुरधामको विकास पनि अपेक्षाअनुसार हुन नसकेको मुख्यमन्त्री राउतले स्वीकार गरे । ऐतिहासिक एवम् धार्मिक नगरी जनकपुरधामको मुलुकमै प्रचार प्रसार हुन नसकेको भन्दै केन्द्रले विभेद गरेको उनले आरोप लगाए ।

शुक्रबार दिउँसो २ बजेदेखि महोत्सवको अर्को सत्र राखिएको छ ।

प्रतिक्रिया
नागरिक मिरर