स्थानीय निर्वाचनको मतगणना स्थलबाट आयोगमा भिडियो लाइभ हुने

काठमाडौं । आगामी स्थानीय निर्वाचनको मतगणना स्थलबाट निर्वाचन आयोगमा भिडियो लाइभ हुने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनपछि मतगणना निर्वाचन आयोगमा भिडियो लाइभ हुने भएको हो ।

निर्वाचन आयोग र सुरक्षा निकायले संवेदनशील स्थल भनेर पहिचान गरेका मतगणना स्थलबाट आयोगमा प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न लागिएको आयोगले जनाएको छ । आयोगले मतगणना स्थलमा भइरहेको मतगणनाको विवरण केन्द्रमा बसेर प्रत्यक्ष हेर्ने र केही विवाद आए समाधानको काम गर्ने पनि जनाएको छ ।

त्यस्तै स्थानीय तहको निर्वाचनका लागि आयोगले सामाजिक सञ्जाल निगरानीका लागि विशेष आइटी टोली बनाउने भएको छ । सामाजिक सञ्जालबाट हुने निर्वाचन आचार संहिता विपरीतका गतिविधिलाई मध्यनजर गर्दै आयोगले विशेष आइटी टोली बनाएको बताएको छ ।

प्रतिक्रिया