फिल्म ‘आरआरआर’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले ‘बाहुबली २’ को रेकर्ड तोडेको छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमै २ सय करोड बढी भारूको व्यापार गर्‍यो, जुन कुनै पनि भारतीय फिल्मका लागि सबैभन्दा ठूलो ‘ओपनिङ डे’ कलेक्सनसमेत हो।

‘आरआरआर’ निर्माताले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतबाट १ सय ५६ करोड र विदेशबाट ६७ करोड कमाइ गरेको हो ।

एसएस राजामौलीको ‘बाहुबली’ ले विश्वभर ७५ करोड कमाएको रेकर्डलाई यसले ब्रेक गरेको हो । ‘बाहुबली २’ ले पहिलो दिन २१७ करोड कमाएको थियो। ‘आरआरआर’ ले ‘बाहुबली २’ को रेकर्ड पनि तोडेको छ।

फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा बोकेको छ । ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिस विरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो।

प्रतिक्रिया