मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि वर्षा हुने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाले पर्सि भने प्रदेश १ मा मात्र वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षा क्षणिक र हल्का खालको हुने छ ।
बादल लागेर धुम्म हुने अवस्था भने पछिसम्म पनि कायम रहने र प्रदूषण पनि तत्कालै नहट्ने महाशाखाको भनाई छ।
भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण अहिले काठमाडौं उपत्यका सहितका भूभागमा हल्का वर्षा भएको छ । मौसम सामान्य अवस्थामा आउन केही दिन लाग्ने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया