नव दुल्हीझै सजिएको जनकपुर-जयनगर रेल उद्धघाटनको प्रतिक्षामा

जनकपुरधाम । नवदुल्हीझैँ सजिएकी नेपाली रेल उद्धाटनको प्रतिक्षामा प्रतीक्षामा छ । फूलले सिंगारिएको रेल आज प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि गुड्नेछ ।

नेपाली रेलको भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा देउवा र मोदीले भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ । रेल नियमित चल्ने भएपछि जनकपुरको माहोल उत्सवमय छ ।

भारतको ठूलो जक्सन जयनगरदेखि नेपालको पूर्वपश्चिम राजमार्गको बर्दिवासमा जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत उद्घाटनपछि रेलले हाल जयनगरदेखि कुर्थासम्म यात्रु ओसार्ने काम नियमित हुनेछ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाका अनुसार नेपाल–भारत सीमाको जयनगरमा सजाएर राखिएको रेललाई शनिबार मध्याह्न १२ः१५ बजे दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाउने कार्यक्रम तय छ ।

प्रतिक्रिया
नागरिक मिरर