Quick Fix अब वीरगञ्जमा पनि, सेवा लिन आजै कल गर्नुहोस्

काठमाडौँ । काठमाडौँबाट सेवा प्रदान गर्दै आएको Quick Fix ले आफ्नो सेवा विस्तार गरेको छ ।

यसै वर्षको साउनबाट काठमाडौँमा सेवा दिन सुरु गरेको Quick Fix ले आफ्नो सेवा अबदेखि वीरगञ्जमा पनि दिने भएको छ ।

घर तथा अफिसलाई प्राविधिक समस्या परेको बेला एक फोन कलमै गुणस्तरीय सेवा दिने Quick Fix ले पछिल्लो समय घर निर्माण, रङरोगन जस्ता सेवा पनि दिन थालेको छ ।

कम्पनिका कार्यकारी निर्देशक ओम यादवले इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, कार्पेन्टर, इलेक्ट्रोनिक टेक्निसियन, आई.टी. टेक्निसियन, फेब्रिकेसन, कारपेन्टर, पेन्टर लगायतका काम अब वीरगञ्जमा पनि विस्तार भएको बताए ।

नयाँ प्रणालीलाई ग्राहकसम्म बुझाउन, यसको मोडल तयार गर्न, दक्ष प्राविधिकको नेट्वर्क बनाउन तथा गुणस्तरीयता एवं द्रुत सेवा दिन सक्ने बनाउन सेवालाई मोबाइल एपमार्फत उपलब्ध गराइने कम्पनिका आईटी अफिसर अमन कर्णले बताए ।

कर्णले भने, ‘मोबाइल एप एकदम सजिलो, केहि किलिकमै सेवा प्राप्त हुने, एवम् प्रविधिकको विवरण प्राप्त हुने र ग्राहकले हामीसंग गराएका सबै कामहरूको अभिलेख पनि रह्ने भएकाले ग्राहकलाई आफ्नो घर वा कुनै स्थानमा कुन र के प्रविधिक समय कहिले समाधान गरेको विवरण चाहेको बेला पाउन सक्ने एवम् यस एपबाट सेवा शुल्क, आफुले चाहेको समय र मिति तय गर्न सक्ने, साथै ग्राहकले एप प्रयोगबाट प्रविधिकको खोजी गरे तुरून्तै उपलब्ध हुने भएकाले अब प्राविधिक सेवा क्षेत्रमा नयाँ युगको सुरूवात भएको भन्न सकिन्छ र यस प्रविधिलाई अझै गुणस्तरिय, सरल र विभिन्न शहर ठाउँसम्म पुग्ने, सबै प्रकारका ग्राहकलाई बुझ्न र चलाउन सजिलो हुने प्रणाली बनाउदै छौं ।’

वीरगञ्जमा सेवा विस्तार भएसँगै अब सेवाग्राहीले Quick Fix को कल सेन्टर ९८०१७१७००० मा सम्पर्क गरेर सेवा लिन सकिने छ । साथै कम्पनीको सेवाबारे थप जानकारी लिनका लागि www.quickfix.com.np

प्रतिक्रिया